२०८२ माघ २१ गते बुधवार
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस) को वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफामा उत्साहजनक सुधार देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा १ करोड ३२ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो वर्षको तुलनामा १४.४१ प्रतिशतले बढी हो।
चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषको आकारमा निकै ठूलो वृद्धि देखिएको छ। पुससम्म ८ करोड ६२ लाख ४२ हजार रुपैयाँ रहेको जीवन बीमा कोष ३५३ प्रतिशत भन्दा बढीले बढेर ३९ करोड १० लाख ४३ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको कुल बीमाशुल्क आर्जन ११९.१२ प्रतिशतले बढेर २७ करोड ५० लाख ७२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको पुससम्म यस्तो आर्जन १२ करोड ५५ लाख १२ हजार रुपैयाँ मात्र थियो।
खुद बीमाशुल्क पुस मसान्तसम्म कम्पनीले २३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.१९ प्रतिशतले बढी हो।
७५ करोड रुपैयाँ शेयर पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ लाख १० हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २ करोड ७६ लाख ८२ हजार रुपैयाँ र अन्य इक्विटीमा २ करोड २ लाख ७ हजार रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ २३ पैसा रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij