२०८२ माघ २१ गते बुधवार
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)को वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ। सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो वर्ष तुलनामा २.९० प्रतिशतले बढी हो।
कम्पनीको खुद बीमाशुल्क आर्जन १४.६२ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड २ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जीवन बीमा कोषको आकारमा पनि ठूलो वृद्धि भएको छ। जीवन बीमा कोष अहिले ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको बीमाशुल्क आर्जनमा उत्साहजनक वृद्धि देखिएको छ। कम्पनीले ५ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँको तुलनामा बढी हो।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०६ पैसा, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा र पिई रेसियो ५५.६९ गुणा कायम भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij