Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

महावीर पुन कुर्सीको लोभले होइन, देशका लागि कानुन बनाउन चुनाव होमिएका छन् : प्रकाश सपुत

महावीर पुन कुर्सीको लोभले होइन, देशका लागि कानुन बनाउन चुनाव होमिएका छन् : प्रकाश सपुत


  • 253
    Shares

    महावीर पुन कुर्सीको लोभले होइन, देशका लागि कानुन बनाउन चुनाव होमिएका छन् : प्रकाश सपुत

    काठमाडौं । चर्चित गायक प्रकाश सपुतले पूर्वमन्त्री महावीर पुन कुर्सीको मोहले नभई देशका लागि आवश्यक कानुन बनाउन चुनावमा होमिएको दाबी गरेका छन् । सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

    सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले पदबाट राजीनाम दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    सपुतले सुरुमा महावीर पुन जस्तो सादगी मान्छे पनि मन्त्री भएपछि कुर्सीको रस पस्यो भनेर धेरैले खिसिट्युरी गरेको देख्दा आफूलाई पनि चित्त दुखेको बताएका छन् । 

    तर, प्रधानमन्त्री सुशीला कार्कीको भनाइ सुनेपछि आफ्नो भ्रम हटेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्कीले महावीर पुन रिसाएर हिँडेको र देशका लागि राम्रा केही कानुन बनाउन खोज्दा तत्कालीन समयमा सहयोग गर्न नसकिएको प्रसंग कोट्याएको सपुतले लेखेका छन् ।

    कुनै पनि क्षेत्रमा काम गर्न नीति आवश्यक पर्ने र त्यो काम प्रतिनिधि सभाबाट मात्र सम्भव हुने ठानेर नै पुन चुनावी मैदानमा आएको सपुतको बुझाइ छ । उनले पुनको ‘मन लाग्छ भने दिनुस्, नत्र जसलाई मन लाग्छ त्यसलाई दिनुस्’ भन्ने स्पष्ट र निडर स्वभाव आफूलाई मन परेको बताएका छन् ।

    सपुतले लेखेका छन्, उहाकै भाषामा “मन लाग्छ भने दिनुस नत्र जसलाई मन लाग्छ त्यसलाई दिनुस भनेको जस्तो जनताले मन लागेर मत दिएर जिताउलान र नजिताउलान म्याग्दिका जनताको हात को कुरा भयो ।  

     

     

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - ११:१८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij