Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित

मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित


  • 260
    Shares

    मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित

    काठमाडौं । हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ । सोमबार सम्पन्न त्यहाँको चार दिने ‘तातोपानी मेला’मा मितेरी साइने लगाउने परम्परालाई निरन्तरता दिइएको थियो । सो अवसरमा २० जोडीले मित लगाएका थिए ।

    मेलामा गोरखासँगै धादिङ, लमजुङ, कास्की, तनहुँ लगायतका जिल्लाहरूबाट आएका अवलोकनकर्ताले एक आपसमा मित लगाएका हुन् । उनीहरूले परम्परागत तरिकाले टाउको ठोक्काएर मित लगाएको मेला आयोजक समितिका संयोजक प्रदीप खत्रीले बताए । “दुवैतर्फको चेलीबेटीले टीकाटाला गरी खादामाला लगाइदिन्छन् । अनि दुवै जनाले परस्पर बाहाँ जोडेर टीका लगाने, पैसा साँटासाँट गर्छन्”, खत्रीले भने, “चेलीबेटीले तीनपटकसम्म टाउको ठोक्काइदिएपछि मित हुने चलन छ ।” मित लगाएपछि दुवै पक्षका साथीभाइ रमाइलो गरी नाचगान गर्ने चलन रहेको उनको भनाइ छ ।

    उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा ‘ऐतिहासिक तातोपानी मेला-२०८२’ सम्पन्न भएको छ । लार्के मनास्लु युवा क्लबको आयोजनामा यही माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार सम्पन्न भएको हो । मेलाको अवसरमा मित लगाउने परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनकुमार गुरुङले बताए ।

    मेला अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम एवं रैथाने खाना महोत्सवलगायत विभिन्न कार्यक्रमहरू भएका थिए । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसमेत रहको थियो । दश हजार बढीले मेला अवलोकन गरेको आयोजकको भनाइ छ । आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता एवं धार्चे गाउँपालिकाको अध्यक्ष लक्षमण गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच मेलाको समापन भएको छ ।

     

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १०:४७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij