Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

साधारण शेयर बिक्रीका लागि अनुमति

साधारण शेयर बिक्रीका लागि अनुमति


  • 491
    Shares

    साधारण शेयर बिक्रीका लागि अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता आइपीओ बिक्रीका लागि अनुमति दिएको हो ।

    सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुङ्गामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एकरएक वटा रहेका छन् ।

    बोर्डले चालु आवको हालसम्म रु छ अर्ब एक करोड १७ लाख २७ हजार आठ सय बराबरको आइपीओ बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

     

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १०:३२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij