Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु


  • 288
    Shares

    भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

    काठमाडौं । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ह्यारीको कारण करिव एक हजारको मृत्यु हुनुका साथै धेरै आप्रवासीहरू बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको छ ।

    इटालीस्थित राहत संस्था, “मेडिटेरेनिया सेभिङ ह्युमन्स” ले प्रेस विज्ञप्ती जारी गर्दै चक्रवात ह्यारीको समयमा लगभग एक हजार मानिसहरु समुद्रमा हराएर मृत्यु भएको हुन सक्ने बताएको हो ।

    इटाली, माल्टा, लिबिया र ट्युनिसियाको बिचमा अवस्थित मध्य भूमध्य मार्ग हालैका वर्षहरूमा युरोपमा अनियमित आप्रवासन प्रवाहका लागि सबै भन्दा व्यस्त मार्गहरू मध्ये एक मानिएको छ ।

    युरोपेली गैर-सरकारी संस्थाहरूले सामान्यतया उत्तर अफ्रिकाको तटबाट प्रस्थान गरे पछि संकटग्रस्त अवस्थामा परेका आप्रवासीहरूलाई उद्धार गर्ने गरेको जनाइएको छ । जनवरी १८ -२५ को बिचमा, चक्रवात ह्यारीले इटालीको दक्षिणी तट र माल्टा टापुमा ठुलो क्षति पुर्याएको जनाइएको छ । 

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १६:१७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij