२०८२ माघ २० गते मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा झरेको छ। बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्।
यस दिन बजारमा ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने १९० वटाको घटेको छ। तीनवटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।बजारमा आज ८ अर्ब ६३ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ। आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij