Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

कोरोना संक्रमणबाट रुपन्देहीका पत्रकार चौधरीको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीका पत्रकार चौधरीको मृत्यु


  • 5.3K
    Shares

    • images
    कोरोना संक्रमणबाट रुपन्देहीका पत्रकार चौधरीको मृत्यु

    बुटवल । कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको ६० वर्षको उमेरमा मृत्यु भएको छ ।

    कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि रुपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा थप समस्या आएपछि दुईदिनदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।

    स्वर्गीय चौधरीका श्रीमती, चार छोरी र दुई छोरा छन् । तिलोत्तमा–५ मणिग्राम निवासी पत्रकार चौधरीले रेडियो लुम्बिनीमा डेढदशक काम गरेका थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

    महासंघका अनुसार कोरोनाकै कारण हालसम्म १५ जना पत्रकारको मृत्यु भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

    पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासंघले सबै पत्रकारमा अपिल गरेको छ ।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १६:५३:१३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij