२०८२ माघ १९ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक संसद पुगेकी छन्। सोमबारको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथि छलफल क्रममा उठेको प्रश्नमा सरकारका तर्फबाट जबाफ दिने छिन्। भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी प्रधानमन्त्री कार्कीले सोही दिन प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्।
प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा भने यथावत् रहन्छ। जेनजी पुस्ताको आन्दोलनपछि माघ ४ गतेदेखि राष्ट्रिय सभा बैठक बस्न थालेको हो। प्रधानमन्त्री कार्की पहिलो पटक संसदमा पुगेकी हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij