Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित चार जना पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित चार जना पक्राउ


  • 5.8K
    Shares

    श्रीमतीको हत्या गरेको आरोपमा  श्रीमानसहित चार जना पक्राउ
    images

    मोरङ । मोरङ प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।

    मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अनिताको आज बिहान रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा शव  फेला परेको थियो ।

    घरदेखि करिब डेढ किलोमिटर दक्षिणमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा अनिताको शव फेला परेपछि घटनाको अनुसन्धानका लागि अनिताका श्रीमानसहित परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिएको एसी खड्काले बताए ।

    उनले घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको पनि जानकारी दिए । तर पनि अहिले नै उनको कसले हत्या गरेको हो भन्ने बारेमा अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताए ।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १५:२९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij