Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?


  • 1.6K
    Shares

    एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
    images

    काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन्।

    नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्। चीनबाट ९ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट आठ हजार ४०६, बंगलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका छन् भने दक्षिण एसियाली मुलुक सार्कंबाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन्।

    अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएका छन्। मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ । 

    626303087_921209497030379_7044401215506794871_n-(1)_5tZHVjKeA5.png

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १३:३०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij