Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि हेटौंडा पुगे बादल र देवकोटा

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि हेटौंडा पुगे बादल र देवकोटा


  • 6.0K
    Shares

    राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि हेटौंडा पुगे बादल र देवकोटा
    images

    काठमाडौं । भोलि हुने बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्य पदका उम्मेदवारद्वय गृहमन्त्री रामबहादुर थापा 'बादल' र डा. खिमलाल देवकोटा हेटौंडा पुगेका छन् ।

    बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि नेकपा एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा 'बादल' आज दिउँसो १ बजे हेटौँडा पुगेका हुन् । चितवन हुँदै हेटौंडा पुगेका बादलले मोटल एभोकाडो होटलमा एमालेको ओली पक्षका नेताहरुसँग छलफल सुरु गरेका छन् ।

    बादलसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित ओली पक्षका नेताहरू चुनावी अभियानमा जुटेका छन् ।

    यसैगरी नेकपा एमालेकै माधव नेपालनिकट डा. खिमलाल देवकोटा पनि हेटौंडा पुगेका छन् । उनले पनि नेकपा माओवादी केन्द्रका नेताहरूसँग छलफल अघि बढाएका छन् । एमाले नेपाल पक्षका देवकोटाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवारी दिएका हुन् ।

    राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ पनि बादल र देवकोटासँगै प्रतिस्पर्धामा छन् । आफ्नो मताधिकार नभएका तीनै जना उम्मेदवारमध्ये एमालेका बादलले सूर्य चिह्नमा उपनिर्वाचन लड्दै छन् । देवकोटाले कलम र तामाङले मादल चिह्न लिएर चुनावमा होमिएका हुन् ।

    हेटौँडा–४ भुटनदेवी माध्यमिक विद्यालयमा बिहीबार बिहान ९ देखि ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि मतदाताले पीसीआर रिपोर्ट बुझाउनुपर्ने अनिवार्य गरिएको छ ।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १५:०८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij