२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् ।
ठमेलस्थित यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङ निलकण्ठ नगरपालिका-११ घर भएका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९१ हजार १५० रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij