Logo

२०८२ माघ १८ गते आइतवार

२०८२ माघ १८ गते आइतवार

कार्यकारी राष्ट्रपति हुनुपर्ने मुख्य मागसहित विप्लव नेतृत्वको नेकपा (माओवादी)को चुनावी घोषणा पत्र सार्वजनिक

कार्यकारी राष्ट्रपति हुनुपर्ने मुख्य मागसहित विप्लव नेतृत्वको नेकपा (माओवादी)को चुनावी घोषणा पत्र सार्वजनिक


  • 435
    Shares

    कार्यकारी राष्ट्रपति हुनुपर्ने मुख्य मागसहित विप्लव नेतृत्वको नेकपा (माओवादी)को चुनावी घोषणा पत्र सार्वजनिक

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले मुलुकको कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्ने प्रश्तावसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलनगरी सो पार्टीका महासचिव विप्लवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थामा जोड दिएर आफ्नो पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको बताए। 

    घोषणा पत्रमा प्रतिनिधि सभा पूर्ण सभानुपातिक हुनुपर्ने र सरकारमा विज्ञहरुको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ । महासचिव विप्लवले प्रतिनिधि सभामा सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व गराउनेगरी पूर्णसमानुपातिक हुनुपर्ने प्रश्ताव गरिएको बताए। उनले सरकारमा विज्ञहरुको उपस्थितिलाई बलियो बनाउने कुरालाई घोषणा पत्रमा प्राथमिकता दिइएको बताए। 
     
    उनले भने,‘संविधान पुनर्लेखन गरिनेछ । विभिन्न जाति, क्षेत्र र लिंगका मानिसहरुको अधिकारलाई सुनिश्चित गरिनेछ । शासकीय स्वरुपमा नेपालको कार्यकारी प्रमुख राष्ट्रपति प्रणालीमा जानुपर्छ भनेर हामीले यहाँ प्रस्ताव गरेका छौ । त्यो राष्ट्रपतीय प्रणालीमा जाँदा संविधानको नयाँ व्यवस्था र राज्यको नयाँ पुनर्संरचनासहित जाँदा शासकीय स्वरुप राष्ट्रपति र त्यसको त्यसको निर्वाचन प्रत्यक्ष जनताद्धारा हुने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो दोस्रो व्यवस्था छ । प्रतिनिधिसभा पूर्ण समानुपातिक हुनुपर्छ । विज्ञसहितको कार्यपालिका हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।’ 

    घोषणा पत्रमा युवाहरुको विदेश पलायनलाई रोक्नका लागि देशभित्रै रोजगारीको अवस्था सृजना गर्ने, भारतसँग गरिएको कुनैपनि खालका असमान सन्धि सम्झौता खारेज गर्ने लगायतका बुदा समावेश गरिएका छन् । महासचिव विप्लवले आर्थिक क्षेत्रको विकासका लागि आम जनतालाई उत्पादनमा जोडनेगरी काम गर्नुपर्ने प्रतिवद्धता पनि आफूहरुको रहेको बताउनु भयो । संविधान पुनर्लेखनको विषयलाई घोषणा पत्रमा उल्लेख गरिएको छ । 

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १६:४१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij