२०८२ माघ १८ गते आइतवार
काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तिब्रता दिएको छ । आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाईको कामलाई तिब्रता दिएको जानकारी दिएका ।
उनका अनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाई शुरु भएको छ । हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाईको काम सकिएको उहाँले जानकारी दिएका छन् । प्रवक्ता भट्टराईले समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको जानकारी दिएका छन् ।
उनकाअनुसार गएको हप्तादेखि प्रत्यक्ष तर्फका मतपत्र छपाइ शुरु गरिएको हो । प्रत्यक्षतर्फ अब करिव दुई करोड मतपत्रमध्ये १ करोड ७० लाख छपाइ गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छपाइ भइरहेको छ । मतदाता नामावली छपाइको काम पनि आगामी हप्तामा सकिने उनको भनाई छ ।
उनले निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले निर्धारित कार्ययोजनाअनुसार कामलाई तिब्र बनाउँदै लगेको जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij