Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल


  • 785
    Shares

    प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

    काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ ।

    निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको छ ।

    प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । प्रहरीका ती उच्च अधिकृत भन्छन्, ‘सेनाले हाम्रो मागअनुसार हतियार स्वीकृत गरेको छ ।’ सेनाबाट सापटी लिइने पेस्तोल प्रदेशमा पठाइने र त्यहाँबाट आवश्यकता अनुसार प्रयोग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

    २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनी प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो । त्यसबेला ‘बालगिरी’मा प्रहरीले सेनासँग २८ सय हतियार लिएर निर्वाचन सुरक्षामा प्रयोग गरेको थियो । 

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १६:००:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij