Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उदयपुर सिमेन्ट उद्योगका ८ कर्मचारीविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा दायर

उदयपुर सिमेन्ट उद्योगका ८ कर्मचारीविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा दायर


  • 1.0K
    Shares

    उदयपुर सिमेन्ट उद्योगका ८ कर्मचारीविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा दायर
    images

    काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको करिब साढे ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई महाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेलाई १२ करोड ४७ लाख २२ हजार २ सय ४२ विगो माग दाबी गर्दै आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह,उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी, बिक्री विभाग प्रमुख  राम बहादुर जी।सी।सहितलाई जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    उद्योगमा क्लिङ्करको खपत बढी देखिने तर उत्पादन कम भएको, र भौतिक परीक्षणका क्रममा मौज्दातमा ठूलो अन्तर देखिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।  

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १५:४१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij