Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

शेयर बजारमा १९ अंकको गिरावट, कारोबार ९ अर्बमाथि

शेयर बजारमा १९ अंकको गिरावट, कारोबार ९ अर्बमाथि


  • 855
    Shares

    शेयर बजारमा १९ अंकको गिरावट, कारोबार ९ अर्बमाथि

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.८५ अंकले घटेर २,६९४ को विन्दुमा कायम भएको छ । 

    आज ५० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २० लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १० करोडको शेयर कारोबार भएको छ ।

    यसदिन बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको हो। त्यस्तै रावा इनर्जीको ९.३४ प्रतिशतले घटेको छ भने कालिका पावरको ७.३५ प्रतिशतले घटेको छ। हिमस्टार ऊर्जाको ६.६५ प्रतिशत, तेह्रथुम पावरको ६.३७ प्रतिशत, शुभम पावरको ५.५९ प्रतिशतले घटेको छ।

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको ५३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    18.JPG

    images
    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १५:२२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij