Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

चूडामणि शर्मासहित तीन जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेषज्ञलाई झिकाउने आदेश

चूडामणि शर्मासहित तीन जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेषज्ञलाई झिकाउने आदेश


  • 568
    Shares

    चूडामणि शर्मासहित तीन जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेषज्ञलाई झिकाउने आदेश

    काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्धको राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषज्ञलाई झिकाउने आदेश जारी गरेको छ ।

    शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप सम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले विशेषज्ञ झिकाउने आदेश जारी गरेको हो । 

    विशेष अदालतले महालेखा परीक्षकको कार्यालय,आन्तरिक राजस्व विभाग र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विशेषज्ञ झिकाउन आदेश दिएको छ ।

     

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १५:०१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij