Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

प्रहरीको राशन स्केल १० प्रतिशतले वृद्धि, अब पुग्यो १९ आइटम

प्रहरीको राशन स्केल १० प्रतिशतले वृद्धि, अब पुग्यो १९ आइटम


  • 1.0K
    Shares

    प्रहरीको राशन स्केल १० प्रतिशतले वृद्धि, अब पुग्यो १९ आइटम

    काठमाडौं । माघ १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको राशन स्केल वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार राशन रकममा १० प्रतिशत वृद्धि भएको हो । 

    साढे ४ वर्षपछि बढेको स्केल फागुन १ देखि लागु हुने भएको छ । अहिलेको निर्णयसँगै ७९ हजार ५४१ प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् । मन्त्रिपरिषद्ले फागुनबाट लागु हुनेगरी १०.२७ प्रतिशतले राशन रकममा वृद्धि गरेको प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले बताएका छन् ।

    वृद्धि भएको राशन स्केल अनुसार प्रहरी कर्मचारीले अब १९ आइटम पाउने छन् । थप भएको आइटममा कुखुराको मासु, अण्डा र हाई इनर्जेटिक बिस्कुट रहेका छन् । सुख्खा तरकारी ५० ग्रामबाट बढेर ५५ ग्राम हुने भएको छ । चामल दैनिक ६९० ग्रामबाट बढाएर ७२० ग्राम दिने निर्णय गरिएको छ । स्केल वृद्धि भएसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सकलदर्जाले पाउने राशन रकम बराबर भएको छ ।

    जेनजी प्रदर्शनपछि कमजोर भएको प्रहरीको मनोबल बढाउने कार्यक्रम ल्याउनुपर्ने आवाज उठेपछि प्रहरी प्रधान कार्यालयले २०८२ मङ्सिरमा राशन स्केल बढाउने प्रस्ताव अघि बढाएको थियो । 

     

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १४:१३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij