Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः नेता शर्मा

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः नेता शर्मा


  • 841
    Shares

    लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः नेता शर्मा

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताएका छन् । निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

    उनले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार काँग्रेस लगायतका पुराना राजनीतिक दलहरुले लडेर ल्याएको स्मरण गराएका छन् । उनले लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई विश्वास गर्नुको विकल्प नभएको बताएका छन् ।

    नेपाली काँग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गरेका छन् । नयाँ, बदलिएको र एजेण्डासहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने बताएका छन्। 

    उनले भने, ‘लोकतन्त्रको रक्षा गर्ने हो भने तपाईं हामीले आज मन लागेको चिज बोल्न त पाएको छ नि । प्रतिवाद गर्न पाएको छ । सरकारले थुनिहाल्यो भने अदालतले छोड्ने डेमोक्रेसीको पाँच पिल्लरमध्ये एउटा स्वतन्त्र न्यायालय कल्पना गरेको छ । त्यसमा त्रुटी होलान्, सुधार गर्नुपर्छ । लोकतन्त्रको रक्षा गर्ने हो भने हामीलाई नै विश्वास गर्नुपर्छ । त्यसको विकल्प नै छैन । अब हामीले बदलिएको काँग्रेस लिएर आएका छौँ । तपाईंहरुले हेर्नुभयो नयाँ नयाँ भन्छन् । काँग्रेस पार्टीको इतिहासमा उलटपुलट गराएर हामी आएका छौँ । नयाँ काँग्रेस हामीले बनाएर ल्याएका छौँ । नयाँ, बदलिएको र नयाँ भिजनसहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले पत्याउनुपर्छ । पत्याउनुभएन भने देश भड्खालोमा जान्छ ।’

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १४:०३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij