Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

मतदाताले घोषणापत्रका आधारमा उम्मेदवारको छनोट गर्नुपर्छः महामन्त्री पौडेल

मतदाताले घोषणापत्रका आधारमा उम्मेदवारको छनोट गर्नुपर्छः महामन्त्री पौडेल


  • 778
    Shares

    मतदाताले घोषणापत्रका आधारमा उम्मेदवारको छनोट गर्नुपर्छः महामन्त्री पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र-केन्द्रित प्रतिष्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताएका छन्। आईतवार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताएका हुन्।

    नेपालको राजनीतिक दल र मतदाता दुबैले घोषणापत्रको आधारमा उम्मेद्वार छनौट गर्ने प्रणालीको विकास नै गर्न नसकेको उनको भनाई छ । महामन्त्री पौडेलले व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति रहेको उल्लेख गरेका छन् । उनका अनुसार उम्मेदवारको छनोट वा मतदान घोषणापत्रका आधारमा हुनुपर्छ । उनले नीति-केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता पनि सचेत हुन आवश्यक रहेको बताएका छन्। 

    महामन्त्री पौडेलले राजनीतिक दलहरूबीचको प्रतिष्पर्धा एक-अर्कालाई गाली गरेर नभई ठोस मुद्दा र कार्यक्रम प्रश्तुत गरेर हुनुपर्ने उल्लेख गरेका छन् । मर्यादित र मुद्दा-आधारित प्रतिष्पर्धात्मक प्रणाली विकास गरेमा मतदाताले कार्यक्रमकै आधारमा मतदान गर्ने उनको विश्वास छ । उनले वर्तमान राजनीतिको मुख्य एजेण्डा आर्थिक क्षमता वृद्धि रहेको पनि बताएका छन् । 

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १३:३९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij