Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला


  • 778
    Shares

    कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

    काठमाडौं । कञ्चनपुरको खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका-१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको बताएका छन् ।

    उनकाअनुसार शव सड्न लागेको अवस्थामा भएका कारण पहिचान गर्न असहज भएको छ ।  शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १३:०१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij