Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

ट्रम्पद्वारा इरानलाई सम्झौताका लागि गोप्य समयसीमाको सङ्केत, अमेरिकाद्वारा सैन्य दबाब वृद्धि

ट्रम्पद्वारा इरानलाई सम्झौताका लागि गोप्य समयसीमाको सङ्केत, अमेरिकाद्वारा सैन्य दबाब वृद्धि


  • 890
    Shares

    • images
    ट्रम्पद्वारा इरानलाई सम्झौताका लागि गोप्य समयसीमाको सङ्केत, अमेरिकाद्वारा सैन्य दबाब वृद्धि

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसले इरानसँग सम्झौता गर्नका लागि गोप्य रूपमा समयसीमा (डेडलाइन0 तोकेको सङ्केत गरेको छ । उनले सार्वजनिक रूपमा भने सो समयबारे खुलाउन अस्वीकार गरे। ह्वाइट हाउसमा पत्रकारहरूले इरानलाई कुनै समयसीमा दिइएको छ कि भनेर सोधेको प्रश्नमा ट्रम्पले यो कुरा उनीहरूलाई मात्र पक्का थाहा भन्ने जवाफ दिए । 

    मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति कम गर्ने सम्बन्धमा पेन्टागनसँग कुनै समयतालिका छ कि भन्ने प्रश्नमा ट्रम्पले आफूहरुले हेर्ने बताए । ट्रम्पको यो पछिल्लो टिप्पणी वाशिङ्गटनले इरानमाथि सैन्य दबाब बढाइरहेका बेला आएको हो । जहाँ डिसेम्बर २०२५ को अन्त्यदेखि देशव्यापी अशान्ति फैलिएको छ ।
     
    इरानी राष्ट्रपति मसूद पेजेस्कियानले तेहरानले विवाद समाधानका लागि सधैं संवाद र सहकार्यको बाटो अपनाएको र आफूहरू युद्ध नचाहेको बताए। उनले पश्चिमी देशहरूको आलोचना गर्दै उनीहरूको कामले कूटनीति र अन्तर्राष्ट्रिय कानुनप्रति व्यवहारिक प्रतिवद्धताको कमी देखाएको बताए ।

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - ११:४८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij