Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

काठमाडौं ४ का काँग्रेस उम्मेदवार तिमलसेना भन्छन्ः राम पाँच वर्ष मिसनमा जानुभएको छ, भरत बनेर अयोध्या सम्हाल्छु

काठमाडौं ४ का काँग्रेस उम्मेदवार तिमलसेना भन्छन्ः राम पाँच वर्ष मिसनमा जानुभएको छ, भरत बनेर अयोध्या सम्हाल्छु


  • 1.0K
    Shares

    काठमाडौं ४ का काँग्रेस उम्मेदवार तिमलसेना भन्छन्ः राम पाँच वर्ष मिसनमा जानुभएको छ, भरत बनेर अयोध्या सम्हाल्छु
     
    काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उमेदवार सचिन तिमल्सेनाले रोजगारीको अवसर सिर्जना र युवालाई उद्यमशीलतामा नजोडेसम्म विदेश पलायन हुनबाट नरोकिने बताएका छन् । शनिबार (माघ १७) काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    उनले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मिहिनेतका साथ आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । युवा रोजगारीमा विशेष काम गर्ने उनले सुनाए ।

    उनले यसअघि सोही क्षेत्रबाट निर्वाचित गगन थापा विशेष कारणले ‘मिसन’मा गएका टिप्पणी गरे । अबका पाँच वर्ष आफूले ‘भरत’ बनेर अयोध्यारूपी निर्वाचन क्षेत्र नम्बर–४ सम्हाल्ने उनले बताए ।

    उनले गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोका रूपमा आफू उभिने पनि बताए ।

    उमेदवार सचिन तिमल्सेनाको भनाइ पढ्नोस्–
     
    म सबैलाई साक्षी राखेर भन्न चाहन्छु– यो क्षेत्र अयोध्या हो । राम मिसनमा जानुभएको छ । भरतको रूपमा पाँच वर्ष यो क्षेत्रलाई सम्हाल्नेछु । अब आउने प्रतिनिधिसभाको चुनावमा विजयी भएर प्रतिनिधिसभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रूपमा म उभिनेछु । काठमाडौं क्षेत्र नम्बर–४ ले यो देशलाई सबैभन्दा सक्षम, अब्बल सांसद दिएको छ । खानेपानीका समस्याहरूलगायत यावत् कुरामा म लाग्नेछु । विकास निर्माणमा मेरो ध्यान हुनेछ । रोजगारीको अवसर सिर्जना र युवाहरूलाई उद्यमशीलतामा नजोड्ने हो भने युवाहरू नेपालमा बस्नेवाला छैनन् । म मेरो क्षेत्रमा युवा रोजगारीमा विशेष काम गर्नेछु । रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मिहिनेतका साथ काम गर्नेछु ।

    प्रकाशित मिति :माघ १७ २०८२ शनिवार - १५:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij