Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

देश तरकारी छानेको जस्तो होइन, भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके प्रयोगशाला बन्छः प्रवक्ता चालिसे

देश तरकारी छानेको जस्तो होइन, भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके प्रयोगशाला बन्छः प्रवक्ता चालिसे


  • 722
    Shares

    देश तरकारी छानेको जस्तो होइन, भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके प्रयोगशाला बन्छः प्रवक्ता चालिसे

    नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो मानिस र पार्टीलाई देश सुम्पिन नसके प्रयोगशाला बन्ने निश्चित रहेको बताएका छन् ।


    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी कहिल्यै पुरानो नहुने बताएका हुन् ।

    अहिले नेपाली काँग्रेस नयाँ अनुहार, नयाँ सिद्धान्त र नीति बोकेर अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको पनि बताउनु भयो । उहाँले अहिले भरपर्दो भविष्य हेर्ने बेला भएकाले कोही पनि उत्तेजनामा नआउन आग्रह गर्नुभयो । देश तरकारी चाखेको जस्तो नभएको भन्दै भरपर्दो पार्टीलाई सुम्पिनुपर्ने बताए । कुनै कुरा मन परेन भन्दैमा आफ्नो भविष्य खाल्डोमा हाल्न नहुने बताएका छन् ।


    उहाँले भन्नुभयो, ‘पार्टी पुरानो हुँदैन, मान्छे पुरानो हुनसक्छ । मान्छे बुढो हुनसक्छ । नयाँ मान्छे लिएर आएका छौँ । १६५ क्षेत्रमा १०६ जना नयाँ उम्मेदवार दिएका छौँ । प्रधानमन्त्रीको उम्मेदवार नयाँ प्रश्ताव गरेका छौँ । यसबेला भरपर्दो भविष्य हेर्ने हो । कसको हातमा देश जिम्मा दिने ? यो प्रश्न हो । देश प्रयोगशाला हुँदैन । तरकारी टेस्ट गरेको जस्तो लौका र घिरौँला रोजेको जस्तो हुँदैन । लगातार लौका खाएँ यस पटक घिरौँला खान्छु भनेको जस्तो हुँदैन । देश भरपर्दो मानिस र भरपर्दो पार्टीको हातमा देश सुम्पिन सकेनौँ भने देशमा अराजकता हुन्छ, प्रयोगशालातर्फ जान्छ । सोमालिया जस्तो हुन्छ । शंका, उत्तेजनाको भरमा कुनै चिज मन परेन भन्दैमा आफ्नो भविष्य खाडलमा हाल्न सक्दैनौँ ।’ 

    प्रवक्ता चालिसेले अहिले हरेक नागरिकले देशप्रति माया गर्ने बेला भएको बताउनु भयो । विवेक र संयमले निर्णय गर्ने बेला आज रहेको बताएका छन् ।  जनतालाई मालिक बनाउने प्रणाली स्थापित गरेर काँग्रेस अघि बढ्ने बताए ।

    प्रकाशित मिति :माघ १७ २०८२ शनिवार - १५:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij