Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्त्वहरूले देश युक्रेन बनाउँदैछन्ः राजन भट्टराई

आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्त्वहरूले देश युक्रेन बनाउँदैछन्ः राजन भट्टराई


  • 981
    Shares

    आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्त्वहरूले देश युक्रेन बनाउँदैछन्ः राजन भट्टराई

    काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा। राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्त्वहरूले देश युक्रेन बनाउने बताएका छन् ।

    नेकपा एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले यस्ता गतिविधिले मुलुकलाई युक्रेनको जस्तो संकटपूर्ण बाटोमा धकेल्न सक्ने खतरा रहेको बताए । उनले विभिन्न भ्रम र लाञ्छना फैलाइरहे पनि मतदातालाई अलमलिन नहुने आग्रह गरे ।

    डा. भट्टराईले यस्ता कुराहरूबाट मुलुकलाई जोगाउन विवेकपूर्ण मतदान आवश्यक रहेको जोड दिए ।

    उनले भने ‘२१ औँ शताब्दीको तेस्रो दशकमा आइरहँदा पनि तोडफोड, हिंसा, आगजनीबाट सत्ता परिवर्तन गर्ने, खरानीमाथि उभिएर त्यसको नाममा शासन व्यवस्थामा पुग्न खोजिरहेका तत्त्वहरूको बारेमा हामीले बुझ्नुपर्दछ । यदि हामी विवेकी मतदाताले त्यो कुरा बुझ्न सकेनौँ भने, हामी मात्रै होइन, हामी भन्दा पछिल्लो पुस्ता जुन हिसाबबाट बहकिरहेको छ, त्यो बहकिएको पुस्ता, नवयुवाहरु र अलमलमा पारिएकालाई सही कुरा बुझाउन सकेनौँ भने यो मुलुकको भाग्य र भविष्य नचाहँदा नचाहँदै यदि तपाईँ हामीले विवेक गुमायौँ भने यो मुलुकले युक्रेनको बाटो समाउन सक्छ ।’

    सचिव भट्टराईले भ्रम छरेर विभिन्न लाञ्छना लगाउने काम भइरहे पनि अलमलिन नहुने बताए ।

    images
    प्रकाशित मिति :माघ १७ २०८२ शनिवार - १५:३४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij