Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

चुनावी क्याम्पेनमा ढलेका पत्रकार सिटौला गम्भीर, काठमाडौँ फर्केलगत्तै अस्पताल पुगे बालेन

चुनावी क्याम्पेनमा ढलेका पत्रकार सिटौला गम्भीर, काठमाडौँ फर्केलगत्तै अस्पताल पुगे बालेन


  • 1.1K
    Shares

    चुनावी क्याम्पेनमा ढलेका पत्रकार सिटौला गम्भीर, काठमाडौँ फर्केलगत्तै अस्पताल पुगे बालेन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारमा अछाम गएका चलचित्र पत्रकार दिनेश सिटौलाकोको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    अहिले उनलाई टोखास्थित ग्रयाण्डी अस्पतालमा राखिएको छ ।

    नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला (चलचित्र पत्रकार समेत रहेका) बुधवार बिहान एक्कासि बेहोस भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

    अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले हेर्दा हृदयाघात जस्तो देखिएको र उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जानकारी दिएका थिए ।

    सिटौलाकोको स्वास्थ्य अवस्था बारे थाहा पाएपछि बालेन शाह कर्णाली प्रदेशको यात्रालाई सुर्खेतबाट छोट्याएर शनिवार काठमाडौँ आइपुगेका छन् ।

    अस्पतालमा भर्ना गरिएका सञ्चारकर्मी दिनेश सिटौलाको परिवारलाई उनले दिउँसो १२ बजे भेट गरे ।

    images
    प्रकाशित मिति :माघ १७ २०८२ शनिवार - १५:२६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij