Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

विश्वभर १५ करोड ५८ लाख बढीमा कोरोना संक्रमण, अमेरिकामा मात्रै ३ करोड ३३ लाख बढी

विश्वभर १५ करोड ५८ लाख बढीमा कोरोना संक्रमण, अमेरिकामा मात्रै ३ करोड ३३ लाख बढी


  • 4.5K
    Shares

    • images
    विश्वभर १५ करोड ५८ लाख बढीमा कोरोना संक्रमण, अमेरिकामा मात्रै ३ करोड ३३ लाख  बढी

    विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १५ करोड ५८ लाख १६ हजार ६१७ पुगेको छ । वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ८ लाख ३७ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै, गत २४ घण्टामा थप १४ हजार २७८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३२ लाख ५४ हजार ९९९ पुगेको छ ।

    हाल विश्वभर १३ करोड ३९ लाख ७५ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ७ लाख ९० हजार ९९ जना निको भएका हुन् । विश्वभर १ करोड ८५ लाख ८५ हजार ८१० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ३०० गम्भिर बिरामी छन् ।

    यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३३ लाख २१ हजार २४४ पुगेको छ ।

    संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ६० लाख ३५ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९३ हजार १४८ पुगेको छ ।

    हाल अमेरिकामा ६६ लाख ९२ हजार ७८२ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ४०६ गम्भिर बिरामी रहेका छन् ।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १३:१०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij