Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

काँग्रेस सुध्रियो, अल्मलिएको काँग्रेसको विरासत हामी बोक्दैनौँः प्रवक्ता चालिसे

काँग्रेस सुध्रियो, अल्मलिएको काँग्रेसको विरासत हामी बोक्दैनौँः प्रवक्ता चालिसे


  • 596
    Shares

    काँग्रेस सुध्रियो, अल्मलिएको काँग्रेसको विरासत हामी बोक्दैनौँः प्रवक्ता चालिसे

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्य सँगसँगै लिएर निर्वाचनमा होमिने बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

    चालिसेले पार्टीको नीति र शैली पूर्ण रुपमा परिवर्तन भइसकेको उल्लेख गर्दै नयाँ जोशका साथ मुलुकको निर्माणमा लाग्ने बताएका छन्। अबको काँग्रेसले यो बीचमा अल्मलिएको अवस्थामा रहेको काँग्रेसको विरासतलाई नबोक्ने उनको जिकिर छ । उनले पार्टी अल्मलिएको अवस्थामा रहेको विरासत समेत आफूहरु नबोक्ने उनको भनाइ छ । 

    उनले भने, ‘अहिले काँग्रेस बद्लिसकेको छ । यसको सोच, शैली र सबै प्रक्रिया नै फेरिएको छ । युवाहरुमा नयाँ जोश आएको छ । काँग्रेस बदलिएको मात्र होइन । नयाँ  अठोट र नीतिका साथ काँग्रेस आएको छ । हाम्रो गौरवपूर्ण इतिहास पनि छ, भरपर्दो भविष्य पनि छ । यही भिजन लिएर अहिले हामी चुनावमा जाँदैछौँ । बिचको काँग्रेसको विरासत हामी बोक्दैनौँ, जुन अल्मलिएको अवस्थामा थियो ।  अब हामी नवीनता बोकेर आएका छौँ । सुध्रिएर आएका छौँ । बिचको विरासतको जवाफदेही हामी छैनौँ । त्यो बिर्सन् चाहान्छौँ, अब त्यसको पुनरावृत्ति हुदैन । २००७ सालमा वीपीले दिएको योगदानसँग अबको काँग्रेस जोड्न चाहन्छौँ ।’ 

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १७:३४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij