Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

स्वच्छ निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छः संयोजक दाहाल

स्वच्छ निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छः संयोजक दाहाल


  • 484
    Shares

    स्वच्छ निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छः संयोजक दाहाल

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ मा हुने निर्वाचनमा आफूहरुको पार्टी पहिलो बन्ने दाबी गरेका छन्। शुक्रवार काठमाडौमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले प्रत्यक्षतर्फ आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका हुन् । 

    स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचन भएमा तथा सेना, प्रहरी र सशस्त्र प्रहरीले निष्ठापूर्वक काम गरेमा प्रत्यक्षतर्फ आफूहरु पहिलो हुने उनको दाबी छ । उनले समानुपातिकतर्फ भने नयाँ भनिनेहरुको हावा चलेकोले केही कमजोर हुने बताएका छन् । प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बन्ने सम्भावना रहेको उनले बताएका छन्। 

    यद्यपि निर्वाचन भाँड्न केही तत्वहरु अझै सक्रिय रहेको उनको भनाई छ । संयोजक दाहालले निर्वाचनबारे जनमानसमा अझै केही आशंका रहेको बताएका छन् । उनले देश निर्वाचनमय भइसकेकोले संसद् पुनःस्थापना हुने सम्भावना अब नरहेको दाबी गरेका छन्। उनले निर्वाचनप्रति प्रश्न उठाउने दलहरू पनि निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । 

    सुरक्षा संयन्त्र, कर्मचारी र सरकार निर्वाचनका लागि तयारी अवस्थामा रहेको उनको भनाई छ । केही समूहले अझै निर्वाचन रोक्ने वा गलत ढंगले प्रभावित पार्ने प्रयास गरिरहेकोले सबैले त्यसलाई प्रतिवाद गर्नुपर्ने उनले बताएका छन् ।  

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १७:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij