Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

धनकुटामा बस दुर्घटना हुदाँ ६ जना घाइते

धनकुटामा बस दुर्घटना हुदाँ ६ जना घाइते


  • 505
    Shares

    धनकुटामा बस दुर्घटना हुदाँ ६ जना घाइते

    काठमाडौं । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् । तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।

    धनकुटाका प्रहरी प्रवक्ता ज्ञानकुमार महतोका अनुसार बसमा सवार १५ जना थिए । जसमध्ये ६ जना छाइते भएका छन् ।

    घाइते हुनेमा तेह्रथुमको लालिगुँरास नगरपालिका–२ का ५३ वर्षीय रेवान्तकुमार कामी, २३ वर्षीय रविन लिम्बू, २२ वर्षीय राज लिम्बू, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ की २८ वर्षीया मुना रुचाल, ५ वर्षीय बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ की ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका छन् ।

    घाइतेहरूको उद्धार गरी उपचारका लागि धनकुटा–१, स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा पठाइएको छ ।

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १६:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij