२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । केबल व्यवसायी तथा रेडियो सञ्चारकर्मी सुशीलकुमार लामाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण उपचार गरिरहेका उनको ५६ वर्षको उमेरमा मंगलबार साँझ काठमाडौंमा मृत्यु भएको हो । स्वास्थ्यमा जटिलता आएपछि उनलाई पोखराबाट काठमाडौंको ग्रान्डी अस्पताल पुर्याइएको थियो ।
लामो समय पोखरा केबल नेटवर्क प्रालिका सञ्चालक रहेका उनी मेगा म्याक्स टिभी प्रालिकका सञ्चालक समेत थिए । यसबाहेक उनी रेडियो अन्नपूर्णका निर्देशक समेत थिए ।
विभिन्न संघ÷संस्थामा आबद्ध रहेका उनी २०२२ सालमा पोखरामा जन्मिएका थिए । उनका श्रीमती र २ छोरा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij