Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा फाइल पेस गर्न आदेश

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा फाइल पेस गर्न आदेश


  • 1.2K
    Shares

    • images
    रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा फाइल पेस गर्न आदेश

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघिको फाइल पूर्वादेशअनुसार कार्य सम्पन्न गरी पेस गर्न आदेश दिएको छ ।

    चौधरीको रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको छ ।

    यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । 

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १७:२५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij