Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एभरेष्ट बैंकको नाफा २ अर्बमाथि, करिब ३२ प्रतिशत बन्यो लाभांश क्षमता

एभरेष्ट बैंकको नाफा २ अर्बमाथि, करिब ३२ प्रतिशत बन्यो लाभांश क्षमता


  • 498
    Shares

    एभरेष्ट बैंकको नाफा २ अर्बमाथि, करिब ३२ प्रतिशत बन्यो लाभांश क्षमता

    काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार ६ महिनासम्म बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २.०४ प्रतिशतले बढेको छ।

    चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ३ अर्ब १७ करोड १६ रुपैयाँमा भएको छ। बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशतले बढी हो।  बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ। बैंकले ३१.९३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

    बैंकले ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा अनुपात बढेर ०.६८ प्रतिशतमा पुगेको छ। 

    चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ र रिजर्भमा १४ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ रहेको छ। बैंकले ३ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ३०.८६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३२.०६ रुपैयाँ थियो। पीई रेसियो २१.३९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १५:१५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij