Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकियो

रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकियो


  • 855
    Shares

    रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकियो

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले आयोगको निर्णय विरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ।

    चौधरीको रिट सर्वोच्च अदालतमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको हो।

    यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिँदै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाएको थियो।

    चौधरीको उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएको थियो।

    images
    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - ११:४५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij