Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

२० वाणिज्य बैंकहरुको ६ महिनाको नाफा साढे ३० अर्ब , धेरै कमाउने नबिल अग्रस्थानमा

२० वाणिज्य बैंकहरुको ६ महिनाको नाफा साढे ३० अर्ब , धेरै कमाउने नबिल अग्रस्थानमा


  • 442
    Shares

    २० वाणिज्य बैंकहरुको ६ महिनाको नाफा साढे ३० अर्ब , धेरै कमाउने नबिल अग्रस्थानमा

    काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको वित्तीय विवरण तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साढे ३० अर्ब रुपैयाँ नाफा कमाएका छन्।

    बैंकहरुको नाफा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ देखिएको हो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ११.५१ प्रतिशतले घटेको छ। सार्वजनिक विवरण अनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ।

    नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको छ। ग्लोबल आइएम बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६.५० प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी बैंकले२ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ८८६.५० प्रतिशतले बढेको छ।

    नेपाल बैंकले १८३.०४ प्रतिशत, सिद्धार्थ बैंकले १५०.२० प्रतिशत, ,राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । एभरेष्ट बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा एभरेष्टको नाफा २.०४ प्रतिशत र प्राइमको ९.२७ प्रतिशतले बढेको छ।

    लक्ष्मी सनराइज बैंकको नाफामा १२३.५५ प्रतिशतको गिरावट, कृषि विकास बैंकको नाफामा ९९.९३ प्रतिशतको भारी गिरावट आएको छ ।  नेपाल एसबीआई बैंकको नाफा पनि ८८.५४ प्रतिशतले घटेको छ ।

    समान्य नाफा र गिरावट बेहोर्ने अन्य बैंकहरूमध्यम स्तरको नाफा आर्जन गर्ने बैंकहरूमा माछापुच्छ्रे बैंक १ अर्ब १ करोड, सानिमा बैंक १ अर्ब ३९ करोड, र हिमालयन बैंक १ अर्ब २९ करोड रहेका छन् ।

    अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। समीक्षा अवधिमा सिटजन्स बैंक घाटामा रहेको छ भने सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ।

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - ११:२९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij