Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आचारसंहिता उल्लंघन गर्ने रासससहित ६५ सञ्चारमाध्यम कारबाहीमा

आचारसंहिता उल्लंघन गर्ने रासससहित ६५ सञ्चारमाध्यम कारबाहीमा


  • 5.6K
    Shares

    • images
    आचारसंहिता उल्लंघन गर्ने रासससहित ६५ सञ्चारमाध्यम कारबाहीमा

    काठमाडौं। कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा अवधिमा आचारसंहिता उल्लङ्घन गर्ने राष्ट्रिय समाचार समिति (रासस)सहित ६५ वटा सञ्चारमाध्यम कारबाहीमा परेका छन्। 

    प्रेस काउन्सिल नेपालले अनुगमन गर्दा ६५ वटाले आचारसंहिता उलंघन गरेको पाइएकोले कारबाही गरिएको जनाएको छ। काउन्सिलले आज सार्वजानिक गरेको प्रतिवेदन अनुसार कोरोना (कोभिड १९) सङ्क्रमणको नियन्त्रणको लागि २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको अवधिमा अनुगमन गर्दा  मुख्य मुख्य ६५ सञ्चारमाध्यमरवेबपोर्टलमा आचारसंहिता उल्लङ्घन भएको देखिएको जनाएको हो।

    भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकोले नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी १९ वटालाई कारबाही गरिएकोे काउन्सिलले जानकारी दिएको छ।  कोरोना संक्रमणका विषयमा वीभत्स दृश्य, अतिरञ्जित सामग्री सम्प्रेषण गरेवापत ११ वटा सञ्चार माध्यमलाई सचेत गराइएको छ।

    यस्तै २ वटालाई ध्यानकर्षण गराइएको, ३ वटालाई स्पष्टिकरण सोधिएको र एक वटा सञ्चार माध्यमलाई जवाफ दिन भनिएको काउन्सिलले जानकारी दिएको छ। 

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १२:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij