Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नवलपरासीको सीमा नाकामा गोली चल्यो : एक युवक घाइते

नवलपरासीको सीमा नाकामा गोली चल्यो : एक युवक घाइते


  • 4.7K
    Shares

    • images
    नवलपरासीको सीमा नाकामा गोली चल्यो : एक युवक घाइते

    नवलपरासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ । गोली लागेर एक २३ वर्षीय युवक घाइते भएका छन् ।

    गोली लागेर घाइते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

    भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी समेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

    भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । शुरुमा ५–७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेका थिए ।

    ५०–६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले जानकारी दिएका छन् । ‘भीडलाई नियन्त्रण गर्न शुरुमा अश्रु ग्याँस प्रहार गरिएको थियो’, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘तर भीड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर एक राउण्ड गोली चलाइएको हो ।’

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १२:०६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij