२०८२ भाद्र ५ गते बिहिवार
गुल्मी । कालीगण्डकी गाउँपालिकाको वडा नम्वर ६ फोक्सिङको लम्करा टोलका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
टोलका ९१ जनाको स्वाब परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
संक्रमित सबैको अवस्था सामान्य रहेको थापाले बताए । एउटै टोलमा ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मापदण्डहरुलाई कडाइसाथ लागु गरिएको उनको भनाइ छ । संक्रमितहरु होम आइसोलेसनमा छन् । संक्रमण हुनेमा एक वर्षदेखि ९० वर्षसम्मका रहेका छन् ।
सोही टोलका जेठ १ गते ५१ वर्षीय पुरुष र ५६ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको थियो । गुल्मीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । सक्रिय संक्रमितको संख्या एक हजार १०८ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij