Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बाँकेमा कोभिड-१९बाट पछिल्लो १४ घण्टामा १७ जनाको मृत्यु

बाँकेमा कोभिड-१९बाट पछिल्लो १४ घण्टामा १७ जनाको मृत्यु


  • 4.1K
    Shares

    • images
    बाँकेमा कोभिड-१९बाट पछिल्लो १४ घण्टामा १७ जनाको मृत्यु

    बुटवल । बाँकेमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या निकै बढेको छ । मंगलबार साँझ ५ बजेदेखि बिहान बिहान साढे ६ बजेसम्म १४ घण्टाको अवधिभित्र १७ जना कोभिड संक्रमितको मृत्यु भएको छ । जसमध्ये, ८ जना बाँकेका हुन भने ९ जना अन्य जिल्लाका रहेका छन् ।

    जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगञ्‍ज १८ की ७३ वर्षीया महिलाको भेरी अस्पतालमा हिजो बेलुका ५:१५ बजे मृत्यु भएको छ । गढवा ७ दाङकी ३० वर्षीया महिकाको पनि हिजो बेलुका ५ बजे नेपालगञ्‍ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

    त्यसैगरी, सानोभेरी ११ रुकुमका ३६ वर्षका पुरुषको राति साढे ८ बजे मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । सोही अस्पतालमा कोहलपुर १२ का ४१ वर्षीय पुरुषको हिजो राति ८:३५ बजे मृत्यु भएको छ । बढैयाताल २ बर्दियाका ८४ वर्षीय पुरुषको मंगलबार राति ८:४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । हिजै राति ९ बजे नेपालगञ्‍ज ६ का ४५ वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ ।

    मेडिकल कलेज कोहलपुरमा राप्तीसोनारी २ बाँकेका ५९ वर्षीया महिलाको गएराति ११:३० बजे मृत्यु भएको छ । टिकापुर १६ कैलालीका २८ वर्षीय पुरुषको भेरी अस्पतालमा आज बिहान २ बजे मृत्यु भएको छ । कोहलपुर ११ बाँकेकी ५८ वर्षीया महिलाको बिहान ३ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    त्यसैगरी, नेपालगञ्‍ज ३, बाँकेका ६१ वर्षका पुरुषको मेडिकल कलेज कोहलपुरमा बिहान ४ बजे मृत्यु भएको छ । सोही अस्पतालमा त्रिवेणी १ रुकुमकी २७ वर्षीया महिलाको बिहान ४ बजे मृत्यु भएको छ । नेपालगञ्‍ज ४ का ६७ वर्षीय पुरुषको बिहान ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर ४ बाँकेका ४२ वर्षीय पुरुषको आज बिहान ४:१५ बजे मृत्यु भएको छ ।

    ठाकुरबाबा ९ बर्दियाका ६३ वर्षीय पुरुषको बिहान ५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा ठाकुरबाबा १ बर्दियाकै ३८ वर्षीया महिलाको बिहान ५:१५ बजे मृत्यु भएको छ । भेरी अस्पतालमै तुलसीपुर २ दाङका ६५ वर्षीय पुरुषको बिहान ५:३० बजे र लम्की चुहा ५ कैलालीकी ६८ वर्षीया महिलाको बिहान ६स्३० बजे मृत्यु भएको कोभिड फोकलपर्सन तेज वलीले बताए ।

    योसँगै बाँकेमा कोभिडबाट ज्यान गुमाउनेको संख्या २५३ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - ११:४८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij