२०८२ भाद्र ५ गते बिहिवार
नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।
प्रतापपुर गाउँपालिका ६ कठहवामा गोली लागेर २२ वर्षीय अविनाश राय घाइते हुनुभएको स्थानीय बासिन्दाले बताएका छन् । सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई प्रहरीले रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ ।
घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनाका बारेमा थप जानकारी लिने प्रयास भैरहेको बताउनुभएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij