२०८२ भाद्र ५ गते बिहिवार
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडाकी एक महिला घरभित्रै मृत फेला परेकी छन् । २७ वर्षीया मनुमाया थापा आफ्नै घरको कोठामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।
उनका श्रीमान् रोजगारीका लागि भारतमा रहेका स्थानीयले बताएका छन् । उनीहरुले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।
प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘घटनाको अनुसन्धान गरिरहेका छौँ, थप विवरण अनुसन्धानपछि आउँछ,’ उनले भने । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij