Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

भूकम्प अपडेटः लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युड, घर भत्कँदा एकजना घाइते

भूकम्प अपडेटः लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युड, घर भत्कँदा एकजना घाइते


  • 7.4K
    Shares

    भूकम्प अपडेटः लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युड, घर भत्कँदा एकजना घाइते

    काठमाडौं । लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महशुस गरिएको थियो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

    bhukampa-ghaite.jpg

    भूकम्पको क्षतिको बारेमा केहि विवरण आइसकेको छैन । विहानै भूकम्पकाे ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पले बेसीशहर नगरपालिकामा घर भत्किँदा एक महिला घाइते भएको लमजुङका प्रमुख प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।

    ‘एकजना घाइते हुनेबाहेक भूकम्पले त्यति ठूलो क्षति पुर्‍याएको छैन । उहाँ अहिले अस्पताल भर्ना भइसक्नु भएको छ,’ मिश्रले भने, ‘धक्का ठूलै  महसुस गरिए पनि क्षति सामान्य छ ।’

    बिहानै भूकम्पको ठूलो धक्का महसुस गर्दा जिल्लाबासीहरु आत्तिएको मिश्रले बताए । उनले भने, ‘उहाँहरु आफैं आत्तिएर बाहिर निस्किनु भएको हो । ठूलो क्षति भएको भए अहिलेसम्म जानकारी भइसक्थ्यो । त्यस्तो केही छैन ।’

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - ०८:४१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij