२०८२ माघ ११ गते आइतवार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सन्तोष परियार विवाह बन्धनमा बाँधिएका छन् । आइतबार उनले कास्की जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन् ।
पोखरा-१७ कि शर्मिला मित्रकोटीसँग लामो समयको प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेका छन् ।
परियार पनि राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान प्रमुख सचेतक हुन् । तर अहिले उक्त पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij