Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एकैदिन कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु, नेपालभर मृत्यु हुनेको संख्या ५४११ पुग्यो

एकैदिन कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु, नेपालभर मृत्यु हुनेको संख्या ५४११ पुग्यो


  • 6.0K
    Shares

    • images
    एकैदिन कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु,  नेपालभर  मृत्यु हुनेको संख्या ५४११ पुग्यो

    काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार मंगलबार सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेका कोरोना संक्रमितहरूको शवसहित १९६ जना कोरोना मृतक थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५ हजार ४११ पुगेको हो।

    २४ घण्टामा देशभर ८ हजार १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको २० हजार २८६ पीसीआर परीक्षणमा ८ हजार १३६ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

    यस्तै २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । क्वारेन्टाइनमा ७५२ जना छन् ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १७:५६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij