Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

फिल्मको प्रचारका लागि भारतीय अभिनेता प्रदीप रावत काठमाडौंमा

फिल्मको प्रचारका लागि भारतीय अभिनेता प्रदीप रावत काठमाडौंमा


  • 505
    Shares

    फिल्मको प्रचारका लागि भारतीय अभिनेता प्रदीप रावत काठमाडौंमा

    काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावत काठमाडौं आएका छन् । आफू अभिनीत फिल्म ‘आबाट आमा’ प्रचारका लागि नेपाल आएका उनी केही दिन नेपालमै बस्ने भएका हुन् । 

    आमिर खानको फिल्म ‘गजिनी’ मा खलनायकको भूमिका निर्वाह गरेर विश्व चर्चित बनेका उनी अभिनीत ‘आबाट आमा’ दोस्रो नेपाली फिल्म हो । यसअघि उनले फिल्म ‘ह्रस्व दीर्घ’ अभिनय गरेका थिए उनी आज बुधबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदैछन् ।

    चन्द्र पन्तको निर्देशन रहेको फिल्म चाहिँ १६ माघदेखि देशव्यापी प्रदर्शन तयारीमा छ । फिल्म रिलिज हुन एकसाता बाँकी रहँदा रावत पुनः नेपाल आएका हुन् । यसपटक उनले फिल्म प्रवद्र्धनका लागि काठमाडौंमा लामै समय बिताउनेछन् । 

     

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - १६:५६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij