Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी


  • 6.2K
    Shares

    राष्ट्रियसभा सदस्य उपनिर्वाचन : लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी

    बुटवल । लुम्बिनी प्रदेशअन्तर्गत यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि दुईजनाको उमेदवारी परेको छ ।

    नेकपा (एमाले)का तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका तर्फबाट दृगनाराण पाण्डेको उमेवारी दर्ता भएको निर्वाचन सहायक अधिकृत निमराज भट्टाईले जानकारी दिए ।

    पाण्डे कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनका उमेदवार हुन् । उनी एमालेको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

    खड्का भने एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए । सोही रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

    पाण्डेको प्रस्तावक र समर्थकमा प्रदेशसभा सदस्यहरु इन्द्रजित चौधरी र शंकर गिरी रहेका छन । त्यस्तै, खड्काको प्रस्तावक र समर्थकमा सरस्वती गौतम र लीला गिरी रहेको भट्टराईले जानकारी दिए ।

    खड्का अर्घाखाँचीको मालारानी गाउँपालिका–५ निवासी हुन् । अहिले उनलाई एमालेले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । पाण्डे कपिलवस्तुका हुन् ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १७:३०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij