२०८२ माघ ७ गते बुधवार
काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि यसअघि भ्रष्टाचार मुद्दा दर्ता गर्नुअघि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको हो ।
अख्तियारले तामेलीमा राखेको निर्णयको फाइल आएसँगै आउँदो माघ १४ गतेदेखि अर्को सुनुवाइका लागि पेसी तोकिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij