Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

निर्वाचनका लागि भारत सरकारले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार

निर्वाचनका लागि भारत सरकारले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार


  • 1.7K
    Shares

    निर्वाचनका लागि भारत सरकारले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ । मंगलवार सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दुतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तानतरण गरेको हो । 

    गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । उक्त प्रश्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो । यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ ।

    गाडीहरु नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ । भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ । सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ ।

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १७:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij