Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निर्वाचनका लागि भारत सरकारले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार

निर्वाचनका लागि भारत सरकारले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार


  • 1.0K
    Shares

    निर्वाचनका लागि भारत सरकारले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ । मंगलवार सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दुतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तानतरण गरेको हो । 

    गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । उक्त प्रश्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो । यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ ।

    गाडीहरु नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ । भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ । सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ ।

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १७:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij